Kath khabar
चार अंकले बढ्यो नेप्से : जलविद्युत बाहेक बाँकी १२ वटा समुहले कमाए


             काठमाडौं, असोज २७ । नेप्से पुन: बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहीबार पनि चार दशमलव १५ अंकले बढेर १८ सय ७० दशमलव ६३ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९५ अंकले बढेर तीन सय ६७ दशमलव १४ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय २२ वटा कम्पनीहरुको १७ हजार एक सय ४५ पटकको कारोबारमा २६ लाख ९८ हजार तीन सय ४७ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार नौं सय २० रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको भएको मध्ये जलविद्युत समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज अभियान लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फण्ड १, नेपाल फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने सिटिजन्स म्युचुअल फण्ड २, गणपति माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रो पावर लिमिटेड, बुद्धभूमि हाइड्रो पावर नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक, मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर, गोर्खाज फाइनान्स आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update