Kath khabar
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो


               काठमाडौं, कात्तिक २। साताको चौथो कारोबार दिन आज बुधबार पनि नेप्से सुचक एवं कारोबार रकम दुबै घटेका छन् । नेप्से आज १२ दशमलव ८१ अंकले घटेर १८ सय ४५ दशमलव ५१ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी  सेन्सिटिभ पनि दुई दशमलव ६६ अंकले घटेर तीन सय ६२ दशमलव ९६ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय १६ वटा कम्पनीहरुको २० हजार दुई सय ७४ पटकको कारोबारमा २१ लाख ५१ हजार सात सय १४ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ६४ करोड ३६ लाख सात हजार नौं सय ७५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये होटल तथा पर्यटन र सामूहिक लगानी कोष समुहहरूको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रो पावर लिमिटेड आदि पहिलो स्थानमा परेका छन भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पिपुल्स पावर लिमिटेड, सामलिङ पावर लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update