Kath khabar
सामान्य अंकले घट्यो नेप्से


             काठमाडौं, कात्तिक ३ । नेप्से घटेको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से एक दशमलव ३८ अंकले घटेर १८ सय ४४ दशमलव १४ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव शून्य नौं अंकले बढेर तीन सय ६३ दशमलव पाँच अंकमा चढेको छ । आज नेप्सेमा दुई सय २१ वटा कम्पनीहरुको १७ हजार दुई सय ९६ पटकको कारोबारमा १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये विकास बैंक, ट्रेडिङ र लगानी समुहहरूको सूचक बढेका छन् भने वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष सहितका १० वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बढी कमाउने कम्पनीहरूको सुचीमा भने आज सयपत्री हाइड्रो पावर कम्पनी, बिन्धवासिनी हाईड्रो पावर कम्पनी, विशाल बजार कम्पनी आदि परेका छन्। यसैगरी बढी गुमाउने कम्पनीहरूको सुचीमा भने सेन्चुरी बैंकको ऋणपत्र, सामुदायिक लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था आदि परेका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अभियान लघुवित्त वित्तीय संस्था गरिमा विकास बैंक, एभरेष्ट बैंक आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update