Kath khabar
लामो बिदापछिको पहिलो कारोबार दिन नैं देखियो नेप्सेमा उत्साह


             काठमाडौं, कात्तिक १४ । नेप्सेमा उत्साह देखिएको छ । तिहारको लामो बिदा पछि आज सोमबार खुलेको नेप्से १६ दशमलव ३९ अंकले बढेर १८ सय ७४ दशमलव ८७ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९३ अंकले बढेर तीन सय ७० दशमलव ८६ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरूको १७ हजार सात सय ४८ पटकको कारोबारमा २५ लाख ७४ हजार नौं सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ६९ करोड ७३ लाख १७ हजार छ सय ११ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये विकास बैंक समुहको सूचक घटेपनि वाणिज्य बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सयपत्री हाइड्रो पावर कम्पनी लिमिटेड, नेपाल एसबिआई बैंक, एनआईसी एशिया बैंक आदिको शेयर मुल्य बढेका छन् भने रुरु जलविद्युत परियोजना, अपर हेवाखोला हाइड्रो पावर कम्पनी, सनराइज बैंक आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, नबिल बैंक, एभरेष्ट बैंक आदि परेका छन् ।  


 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update