Kath khabar
ललितपुर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्की १८ हजारभन्दा बढी मतले विजयी


            ललितपुर , मंसिर ८ । ललितपुर क्षेत्र नम्बर- ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ ।

डा. कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्नुभएको छ । कार्कीले नेकपा एमालेका अमृत खड्कालाई १८ हजारभन्दा बढी मतले पछाडि पार्दै जित हासिल गर्नुभएको हो ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ र माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याउनुभएको छ । यसअघि २०७४ को चुनावमा पम्फा भुसाल ललितपुर-३ बाट विजयी हुनुभएकी भुसाल यो पटक तेस्रो हुनुभएको छ ।

काठमाडौंमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले कार्कीसहित ५ वटा क्षेत्रमा जित हासिल गरेको छ । काठमाडौं-२ मा सोबिता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ विजयी हुनुभैसकेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update