Kath Khabar
नवलपरासी १ बाट नेपाली कांग्रेसका शशांक कोइराला निर्वाचित



              नवलपरासी, मंसिर ८ । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका शशांक कोइराला निर्वाचित हुनुभएको छ । कोइरालाले नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत प्राप्त गर्नुभयो।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update