निर्वाचन २०७९
रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा अर्थमन्त्री जनार्दन शर्मा निर्वाचित
रुकुम, मंसिर ९। रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा अर्थमन्त्री जनार्दन शर्मा निर्वाचित हुनुभएको छ ।
सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले) का उम्मेदवार नन्दराम देवकोटालाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
शर्माले ३९ हजार ५४९ मत पाउँदा उहाँका प्रतिस्पर्धी देवकोटाले १२ हजार ९६१ मत प्राप्त गर्नुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले ७९६, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले २०८ र स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५६७ मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कूल ५७ हजार २९५ मत खसेका थिए ।
त्यस्तै, c
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०९:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय