Kath khabar
नेप्से सुधार, दुबै सूचक बढे



              काठमाडौं, मंसिर १५ । नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहीबार भने बढेको छ ।

नेप्से आज ११ दशमलव २२ अंकले बढेर १९ सय ६१ दशमलव छ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ८२ अंकले बढेर तीन सय ८३ दशमलव ६६ अंकमा पुग्न सफल भएको छ ।

आज नेप्सेमा दुई सय ४१ वटा कम्म्पनीहरुको २१ हजार एक सय ८६ पटकको कारोबारमा ३८ लाख ६५ हजार नौं सय ६१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये होटल तथा पर्यटन, निर्जीवन बीमा र लगानी सहितका तीन वटा समुहहरूको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र टे«डिङ सहितका १० वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएको कुल कम्पनीहरू मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संंस्था, लक्ष्मी इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड आदिको शेयर मूल्य बढेका छन् भने सिटिजन्स म्युचुअल फण्ड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रो पावर कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी आदिको शेयर मुल्य भने घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, नेपाल क्रेडिट एण्ड कर्मश बैंकको संस्थापक शेयर, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update