रविको पक्षमा नाराबाजी गरेपछि चितवनको नयाँकिरण मावि मतदान स्थलमा तनाव
चितवन, वैशाख १० । चितवनको भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने बुथ अवलोकन गर्न जाँदा मतदानस्थलमा उनका समर्थकहरुले लामिछानेको पक्षमा नाराबाजी गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० १३:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय