Kath Khabar
चितवन ११ मा रोकिएको मतदान पुन: सुरू

 

             चितवन, वैशाख १०। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा मतदान पुन: सुरू भएको छ ।

करिब साढे ३ घन्टा रोकिएको मतदान सर्वदलीय बैठकपछि सुरू गर्ने निर्णय गरिएको हो । मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना पनि  गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने बुथ अवलोकन गर्न जाँदा मतदानस्थलमा उनका समर्थकहरुले लामिछानेको पक्षमा नाराबाजी गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । विरोध जनाएपछि मतदान स्थगित भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update