Kath Khabar
तनहुँ १ उपनिर्वाचन : आठ वडाको मतगणना सम्पन्न, रास्वपाका डा वाग्लेको अग्रता कायमै

 

                     तनहुँ, वैशाख ११ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ ।

गए राति ११:४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा वाग्लेले अग्रता कायमै राख्नुभएको हो । हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत प्राप्त गर्नुभएको छ ।

आँबुखैरेनी-१, आँबुखैरेनी-२, आँबुखैरेनी-३, भानु-१०, भानु-८, भानु-३, भानु-७ र भानु-४ को १३ हजार ६५ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । आँबुखैरेनी-१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गर्नुभएको छ ।

आँबुखैरेनी-२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत प्राप्त गर्नुभएको छ । भानु-३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत प्राप्त गर्नुभएको छ ।

भानु-७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका डा वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र नएमालेका खनालले दुई सय ७० मत प्राप्त गर्नुभएको छ । भानु-८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत प्राप्त गर्नुभएको छ ।

भानु-१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ र एमालेका खनालले तीन सय २९ मत प्राप्त गर्नुभएको छ । भानु-४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका डा वाग्लेले सात सय ५९, कांग्रेसका भट्टराईले चार सय ८२ र एमालेका खनालले तीन सय ९४ मत प्राप्त गर्नुभएको छ ।

आँबुखैरेनी-३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १५, कांग्रेसका भट्टराईले चार सय एक र एमालेका खनालले एक सय १९ मत प्राप्त गर्नुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ

 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update