उपनिर्वाचन
तनहुँ–१ मा रास्वपाका वाग्लेको अग्रता कायमै, ११ हजार मत कट्यो
1682318827.jpg)
तनहुँ, वैशाख ११ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार २१२६१ मत गणना गर्दा वाग्लेले ११६७७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६७८७ मत प्राप्त गर्दै वाग्लेलाई पछ्याइरहेका छन् । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ ।
त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ३८०२ मत प्राप्त गरेका छन् । कुल ४२ वडा रहेको यस क्षेत्रमा अहिलेसम्म १५ वडाको मत गणना सकिएको आयोगले जनाएको छ ।
निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा उपनिर्वाचनमा ६३७५७ मत खसेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १२:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय