
चितवन, वैशाख ११ । चितवन-२ मा जारी मतगणनाको मत परिणाम अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।
दुई वडाका २ हजार ४८४ मत गणना हुँदा लामिछानेले १ हजार १५५ मत प्राप्त गरेका छन् भने एमालेका रामप्रसाद न्यौपानेको ६६५ मत पाएका छन् । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका छन् । यसअघि नेकपा एमालेले सुरुवाती अग्रता लिएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १५:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय