Kath khabar
नेप्सेमा सात अंकको वृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै



                        काठमाडौं, भदौ १८ । नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार भने सात दशमलव शून्य चार अंकले बढेर १९ सय ६७ दशमलव ८३ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव शून्य नौं अंकले बढेर तीन सय ७७ दशमलव ७१ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरुको ३२ हजार पाँच सय ३३ पटकको कारोबारमा ३४ लाख ३२ हजार दुई सय ६७ कित्ता सेयर कारोबार भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब नौं करोड ९१ लाख ३९ हजार छ सय ९७ रुपैयाँ कायम भएको छ । नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा फाइनान्स समुहको सूचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् ।

नेप्से आज कारोबार भएका कुल समुहहहरु मध्ये फाइनान्स समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सूचक पनि बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज थ्रि स्टार हाईड्रोपावर लिमिटेड, बपीडब्लु लघुवित्त वित्तीय संस्था, मकर जितुमाया सुरी हाईड्रोपावर कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने लिबर्टी इर्नर्जी कम्पनी लिमिटेड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, युनिलिभर नेपाल लिमिटेड आदि परेका छन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update