Kath khabar
नेप्सेमा १६ अंकले सुधार, गुमाउने भन्दा कमाउने समुह धेरै


                   काठमाडौं, असोज २ । नेप्सेमा सुधार आएको छ । आज मंगलबार पनि नेप्से १६ दशमलव २४ अंकले बढेर १९ सय ८५ दशमलव ४३ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ४३ अंकले बढेर तीन सय ८१ दशमलव १७ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ७२ वटा कम्पनीहरुको ५० हजार दुई सय ९६ पटकको कारोबारमा ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर किनबेच हुँदा होटल तथा पर्यटन र ट्रेडिङ समुहको घटेका छन् भने वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, विकास बैक, फाइनान्स, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहहरुको सूचक पनि बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज शुभम् पावर लिमिटेड मेन्छियाम हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने इर्मर्जिङ नेपाल लिमिटेड, ग्रीन भेन्चर नेपाल, इर्मर्जिङ नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, ओरियन्टल होटल लिमिटेड आदि परेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update