Kath Khabar
रातो मच्छिन्द्रनाथ रथ जात्रा आजबाट सुरु हुँदै


                      काठमाडौं, वैशाख १८ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा सुरु भएको छ । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा आजबाट सुरु भएको हो । 

वैशाख शुक्ल प्रतिपदाको दिन रथराहोरण गरेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुनेगर्छ । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ।

काठमाडौँ उपत्यकाको सबैभन्दा सम्मानित र जीवन्त पर्वहरू मध्ये एक, भव्य रातो मच्छिन्द्रनाथ जात्रा आज साँझ ललितपुरमा सुरु हुन्छ । शताब्दी पुरानो रथयात्रा पुल्चोकबाट सुरु भएर परम्परागत संगीत र सांस्कृतिक धूमधामका साथ गाःबहालतिर अघि बढ्नेछ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update