Kath Khabar
पाकिस्तान र भारतबीच लडाइँ तीव्र

                         भारत,  वैशाख २५ । पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । बिहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् ।

भारतले 'अपरेशन सिन्दूर' नामक सैन्य अपरेशन सुरु गरेपछि पाकिस्तानसँग बढ्दो तनावका बीच, भारत सरकारले धेरै राज्यहरूलाई उच्च सतर्कतामा राखेको छ र राष्ट्रिय सुरक्षा उपायहरू बढाएको छ।

यस संवेदनशील अवधिमा कुनै पनि सम्भावित खतरालाई रोक्न र नागरिक उड्डयनको सुरक्षा सुनिश्चित गर्न भारत सरकारले एक अभूतपूर्व कदम चाल्दै देशभरका २७ विमानस्थलहरू बन्द गरेको छ। आगराको विश्व प्रसिद्ध ताजमहल पनि कडा सुरक्षा निगरानीमा परेको छ। अपरेशन सिन्दूर र प्रतिशोधात्मक कारबाहीको डरले, स्मारक र वरपर व्यापक जाँच र निगरानी सुरु गरिएको छ। आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो ।

बिहीबार राति पाकिस्तानले राजस्थानको भारत-पाकिस्तान सीमामा रहेको जैसलमेरमा २० वटा मिसाइल प्रहार गरेर ठूलो आक्रमण गर्ने प्रयास गरेको थियो तर भारतीय सेनाले पाकिस्तानी मिसाइलहरूलाई सेनाले तिनीहरूलाई हावामै नष्ट गरेकाे भारतीय सेनाकाे दाबी छ । पाकिस्तानले भारतका २५ वटा ड्रोनहरू खसालेको दाबी गरेको छ। भारत र पाकिस्तानबीचको सैन्य कारबाहीको क्रममा जैसलमेरमा ब्ल्याकआउट भएको थियो। 

७ मे २०२५ मा भारतले "अपरेशन सिन्दूर" अन्तर्गत पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा रहेका आतंकवादी शिविरहरूमा मिसाइल आक्रमण गर्‍यो। भारतले यी आक्रमणहरू केवल आतंकवादी लक्ष्यहरूमा केन्द्रित रहेको दाबी गरे पनि, पाकिस्तानले ३१ जना नागरिकको मृत्यु भएको जनाएको छ।

भारतीय वायु सेनाले पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा आक्रमण गर्‍यो, जसमा १०० भन्दा बढी आतंकवादी मारिएको दाबी गरिएको छ। पाकिस्तानी सेनाको गोलाबारीमा जम्मु र कश्मीरको पूँछ जिल्लामा १५ जना भारतीय नागरिक मारिए र ५० भन्दा बढी घाइते भएको सञ्चार माध्यमहरुले जनाएको छ । पाकिस्तानले भारतका आक्रमणहरूमा ३१ जना नागरिक मारिएको र ४६ जना घाइते भएको दाबी गरेको छ। दुवै देशमा नागरिकहरूमा आतंक फैलिएको छ र सीमावर्ती क्षेत्रहरूमा व्यापक क्षति भएको छ।

२२ अप्रिल २०२५ मा भारत-नियन्त्रित कश्मीरको पहलगाममा भएको आक्रमणमा २८ जना, प्रायः हिन्दू पर्यटकहरू, मारिए। भारतले यस आक्रमणको दोष पाकिस्तानमा आधारित आतंकवादी समूहहरूलाई दिएको छ, जसलाई पाकिस्तानले अस्वीकार गरेको छ।

f-1746771064.webp
ap-1746771084.webp
dims.apnews-1746771081.webp
3-1746771076.webp
66-1746771066.webp
554-1746771064.webp
Photos : AP

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update