त्रिकोणात्मक टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, असार ५ । त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डको ग्लासगोमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
यसअघिका दुइ मध्ये एकमा जित र १ मा हार बेहोरेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।सिरिजको पहिलो भेटमा सोमवार नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो ।
तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ । स्कटल्याण्ड दोस्रो स्थानमा छ। नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्नेछन् ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ १२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय