Kath Khabar
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज : नेदरल्याण्ड्समाथि नेपालको जित

                    काठमाडौं, असार ६ । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत बिहिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ । कुशल भुर्तेलको अर्धशतकमा नेपालले स्कटल्याण्डमाथि जित हासिल गर्यो ।

नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका ओपनर कुशल भुर्तेलले महत्वपूर्ण इनिङ खेल्दै अर्धशतक पूरा गरे।

नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले । लेविट करण केसीको बलमा रोहितबाट क्याच भए ।

नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए ।  दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले १-१ विकेट लिए ।

जितसँगै ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको नेपाल ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । सिरिजको अन्तिम खेल खेलेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा झरेको छ । स्कटल्याण्ड तेस्रो स्थानमा छ । नेपाल र स्कटल्यान्डबीच शुक्रबार अन्तिम खेल हुनेछ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update