राष्ट्रिय क्रिकेट टिमका दिपेन्द्रसिंह ऐरीले दिए नेपाल प्रहरीबाट राजीनामा

काठमाडौं, असार ११ । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।
नेपाल प्रहरीमा सन् २०१६ देखि कार्यरत ऐरीले गत बैशाख २८ गते नै राजीनामा बुझाएका हुन् । २०८० असोजमा उनी प्रहरी सहायक हवल्दारमा बढुवा भएका थिए ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले उनको राजीनामा स्वीकृत भएको पुष्टि गरे । राजीनामामा उनले घरायसी कारण देखाएका छन् ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ १७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय