Kath Khabar
युएईले नेपाली क्रिकेट टोलीलाई दियो भिसा, सोमबार प्रस्थान गर्ने

                        काठमाडौं, असोज ५ । संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी-२० शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई अन्ततः भिसा उपलब्ध गराएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले  एक विज्ञप्ति जारी गर्दै भिसा दिएको पुष्टि गरेको छ । नेपाली टोली सोमबार युएई  प्रस्थान गर्नेछ ।

नेपाली टोली वेस्ट इन्डिज विरुद्धको तीन खेलको टी-२० शृङ्खला खेल्न शुक्रबार बिहान युएई उडान गर्ने तालिका रहेको भएपनि आइतबारसम्म कुनै स्पष्ट स्पष्टीकरण बिना भिसा जारी नगरेपछि यूएई प्रस्थानमा ढिलाइ भएको थियो ।

सेप्टेम्बर ८र ९ को जेनजीको विरोध प्रदर्शन पछि युएईले नेपाली नागरिकहरूलाई पर्यटक वा काम गर्ने भिसा रोकेको छ ।

नेपाली टोलीले यूएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपालले पहिलो खेल सेप्टेम्बर २७ दोस्रो खेल २९ र अन्तिम खेल ३० तारिखमा खेल्नेछ ।

 

 

550140308_1223249699828626_5689566020272847129_n-1758444749.jpg
 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update