Kath Khabar
नेपालले युएईमाथि निकाल्यो एक रनको रोमाञ्चक जित

                  काठमाडौं, असोज २६ । आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत पहिलो खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ ।

नेपालले बलिङमा राम्रो सुरुवात गर्यो। पहिलो ओभरमा ललित राजवंशीले मेडन ओभर बलिङ गरे। दोस्रो ओभरमा सोमपाल कामीले मुहम्मद वासिमलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराए। वासिम १ रनमा आउट भए।

१६ औं ओभर रोमाञ्चक बन्यो। यो ओभरमा नेपालले २ विकेट झार्यो। ७ रन बनाएका राहुल चोपरालाई दीपेन्द्रले उत्कृष्ट शैलीमा रन आउट गरे। लगत्तै अर्को बलमा बसिल हमिद सन्दीप लामिछानेको बलमा क्लिन बोल्ड आउट भए। १५.३ ओभरमा युएईले ६ विकेट गुमाउदा युएईको ९६ रन थियो।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update