Kath Khabar
विश्वकप छनोटमा पुग्न नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै

                 काठमाडौं, असोज २९ । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले  घरेलु टिम ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओमान क्रिकेट एकेडेमीमा राति ८ः४५ देखि सुरु हुनेछ ।

दुबै टोलीले तीनै खेल जितेर ६-६ अंक जोडेका छन् तर रनरेटमा ओमान अघि छ । नेपालले यसअघि सुपर-६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रन र कतारविरुद्ध ५ रनले विजयी भएको थियो । नेपाल समूह बी को विजेताको रूपमा सुपर सिक्समा पुगेको छ भने ओमान समूह सी को विजेताको रूपमा प्रवेश गरेको छ । 

यो खेल विश्वकपमा प्रवेशसँगै शीर्ष स्थानका लागि पनि निर्णायक हुनेछ । हालको फर्म र प्रदर्शनका आधारमा नेपालले ओमानलाई हराउने प्रबल सम्भावना राख्छ । सुपर सिक्समा यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग खेल्नेछ ।

सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरूले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका विश्वकप खेल्नेछन् ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update