
काठमाडौं, असोज २९ । नेपाल आईसीसी टी–२० विश्वकपका लागि छनौट भएको छ ।
ओमानको मस्कटमा भैरहेको विश्व कप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल दुई खेल अगाडि नै १० औं संस्करणको विश्व कपमा छनोट हुन सफल भएको हो ।
छनोट प्रतियोगिता अन्तर्गत बुधबार खेलिएको सुपर–६ चरणको खेलमा यूएईले सामोआलाई ७७ रनले हराएसँगै विश्वकपमा नेपालको स्थान पक्का भयो । आज भइरहेको नेपाल र ओमानबीचको खेल उपाधिको लागि हुनेछ ।
सामोआ विरुद्ध युएईको जित र बिहीबार जापानसँग खेल्ने तयारीसँगै, ओमान र नेपालले सुपर सिक्समा एकअर्का विरुद्ध भेट्नु अघि शीर्ष तीनमा स्थान पक्का गरेका छन् ।
आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १० औँ संस्करणमा नेपालको स्थान सुनिश्चित भएको छ । आईसीसी टी–२० विश्वकपको १० औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।