
काठमाडौं, भदौ २४ । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्से झिनो अंकले घटेको छ । नेप्से आज शुन्य दशमलव ६२ अंकले घटेर २८ सय ७५ दशमलव ९७ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ५३ अंकले घटेर पाँच सय ३५ दशमलव २९ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सउय ३० वटा कम्पनीहरुको ७२ हजार आठ सय ५८ पटकको कारोवारमा एक करोड ४४ लाख ७४ हजार आठ सय ५५ कित्ता शेयर किनबेच भएकाछन् भने कारोवार रकम सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, निर्जिवन बीमा, लघुुवित्त, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष सहितका नौ वटा समुहको सुचक घटेकाछन् भने जलबिद्युुत, जीवन बीमा, ट्रेडिङ र लगानी सहितका चार वटा समुहहरुको सुचक बढेकाछन् ।
कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज हिमालयन पार्टनर लिमिटेड, सूर्या लाईफ इन्स्योरेन्स कम्पनी, रैराङ हाईड्रो पावर कम्पनी, आदिको शेयर मुल्य बढेकाछन् भने रिडी हाईड्रो पावर कम्पनी, सिटिजन्स म्युुचुअल फण्ड २, आईसीएफसी फाईनान्स आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज रिडी हाईड्रो पावर कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी, रैराङ हाईड्रो पावर कम्पनी आदिको बढी रकम कारोवार भएको छ ।