Kath Khabar
साताको पहिलो कारोवार दिन नै नेप्सेमा हरियाली

काठमाडौं, भदौ २७ । साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्से हरियाली देखिएको छ । नेप्से आज ७१ दशमलव ४३ अंकले बढेर दुई हजार नौ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ भने सेन्सिटिभ १३ दशमलव तीन अंकले बढेर पाँच सय ४८ दशमलव २९ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय ३१ वटा कम्पनीहरुको ९६ हजार पाँच सय ९१ पटकको कारोवारमा एक करोड ७१ लाख तीन सय ३३ कित्ता शेयर किनबेच भएकोमा कारोवार रकम नौ अर्ब ४४ करोड ३५ हजार दुई सय ४४ रुपैयाँ पुग्न सफल भएको छ ।  

आज नेप्सेमा १३ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले बढेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज अरुण कावेली पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, छ्याङदी हाईड्रो पावर कम्पनी, लिर्वर्टी इर्नर्जी कम्पनी, सानिमा लाईफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने सिटिजन्स म्युचुअल फण्ड, एनआईबिएल प्रगती फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड आदिको बढी रकम कारोवार भएकाछन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update