
काठमाडौ, भदौ २८ । नेप्से आज पनि बढेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से शुन्य दशमलव २७ अंकले बढेर दुई हजार नौ सय ४७ दशमलव ६९ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ५५ अंकले बढेर पाँच सय ४८ दशमलव ८७ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय २६ वटा कम्पनीहरुको ९३ हजार दुई सय १८ पटकको कारोवारमा एक करोड ५६ लाख ८१ हजार एक सय ८४ कित्ता शेयर किनबेच भएको छ भने शेयर कारोवार रकम नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार एक सय ५५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज सबैगरी १३ वटा समुहरुको शेयर कारोवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र फाईनान्स सहितका सात वटा समुहको सुचक बढेकाछन् भने जलबिद्युत, लघुवित्त, उत्पादनमुलक, अन्य सामुहिक लगानी कोष र लगानी सहितका छ वटा समुहरुको सुचक घटेकाछन् ।
कारोवार भएका कम्पनीहरु मध्ये आज अजोड इन्स्योरेन्स कम्पनी, सानिमा लाईफ इन्स्योरेन्स कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेकाछन् भने कालिका पावर लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था, घलेम्दी हाईड्रो पावर कम्पनी, युनिलिभर नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।