
काठमाडौं, भदौ २९ । नेप्से आज मंगलबार घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज भने १८ दशमलव ५४ अंकले घटेर २९ सय २९ दशमलव २८ अंकमा सिमित हुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले घटेर पाँच सय ४५ दशमलव ६६ अंकमा सिमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय २२ वटा कम्पनीहरुको ५९ हजार आठ सय ५४ पटकको कारोवारमा एक करोड छ लाख ३९ हजार आठ सय २६ कित्ता शेयर खरिद विक्री हुँदा कारोवार रकम पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार चार सय २३ रुपैयाँमा खुम्चिएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, लघुवित्त, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, सानिमा लाईफ इन्स्योरेन्स कम्पनी, रैराङ हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने राष्ट्रिय बीमा कम्पनी, एनआईबिएल समृद्धि फण्ड १, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, रैराङ हाईड्रो पावर कम्पनी, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक, आदि परेकाछन् ।