
काठमाडौं, भदौ ३० । नेप्से पुरै रातो भएको छ । नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोवार भएकोमा १३ वटै समुहको सुचक घट्दा नेप्से पुरै रातो देखिएको हो । जसअनुसार आज नेप्से ४० दशमलव २६ अंकले घटेर २८ सय ८९ दशमलव तीन अंकमा सिमित हँंदा सेन्सिटिभ पनि सात दशमलव १६ अंकले घटेर पाँच सय ३८ दशमलव ५० अंकमा सिमित हुन पुगेको छ ।
सोही आधारमा नेप्सेमा आज दुई सय २२ वटा कम्पनीहरुको ७५ हजार आठ सय ९६ पटक शेयर किनबेच भएकाछन् । जसबाट एक करोड पाँच लाख ५७ हजार आठ सय ६६ कित्ता शेयर किनबेच भएको छ भने कारोवार रकम पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार दुई सय ५१ रुपैयाँ पुगेको छ ।
आज नेप्सेमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहको सुचक घटेकाछन् । कारोवार भएका कुल कम्पनीहरु मध्ये आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, एनआईबिएल प्रगति फण्ड, नेरुडे लघुवित्त वित्तीय संस्था आदिकोे शेयर मुल्य बढेकाछन् भने सानिमा लाईफ इन्स्योरेन्स कम्पनी, जनउत्थान सामुुदायिक लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज सानिमा लाईफ इन्स्योरन्स कम्पनी, आईसीएफसी फाईनान्स, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।