Kath Khabar
शेयर बजार राताम्मै, नेप्सेमा आज पनि ७६ अंकको भिषण पहिरो

काठमाडौं, भदौ ३१ । नेप्सेमा आज पनि बिहिबार पनि भिषण पहिरो गएको छ । नेप्से आज ७६ दशमलव ६५ अंकले घटेर २८ सय १२ दशमलव ३८ अंकमा खुम्चिंदा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ७३ अंकले घटेर पाँच सय २५ दशमलव ७८ अंकमा खुम्चिएको छ । नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरुको एक लाख १३ हजार आठ सय सात पटकको कारोवारमा एक करोड ६४ लाख ६८ हजार पाँच सय आठ कित्ता शेयर खरिद विक्री भएकोमा शेयर कारोवार रकम नौ अर्ब तीन करोड ३९ लाख छ सय २३ रुपैयाँ हुन पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहरुको शेयर कारोवार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहरुको सुचक उच्च अंकले घट्दा नेप्से पुरै रातो देखिएको छ ।

कारोवार भएका कम्पनीहरु मध्ये आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, नबिल व्यालेन्स फण्ड २, सानिमा लाईफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने कर्पोरेट डेभलपेमन्ट बैंक, हिमालयन पावर पार्टनर नेपाल लिमिटेड, सेन्ट्रल फाईनान्स, आईसीएफसी फाईनान्स आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update