
काठमाडौं, असोज ४ । नेप्सेमा एक सय १४ अंकको भिषण पहिरो गएको छ । आज सोमबार नेप्से एक सय १४ दशमलव दुई अंकले घटेर दुई हजार छ सय ९८ दशमलव २४ अंकमा सिमित हुन पुगेको छ भने सेन्सिटिभ पनि १९ दशमलव ५१ अंकले घटेर पाँच सय छ दशमलव २७ अंकमा सिमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको एक ला सात हजार पाँच सय ९६ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ७३ लाख ३० हजार पाँच सय ३८ कित्ता शेयर खरिद भएको छ भने कुल शेयर कारोवार रकम आठ अर्ब ४९ करोड ३४ लाख एक हजार नौ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटा समुहहरुको कारोवार भएकोमा १३ वटै समुहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, नबिल इक्विटी फण्ड आदि बढी कमाउने कम्पनीहरुको सुचीमा परेकाछन् भने पोखरा फाईनान्स, एक्सेल डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाईनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स आदि बढी गुमाउने कम्पनीहरुको सुचीमा परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, साना किसान लघुवित्त वित्तीय संस्था आदि परेकाछन् ।