
काठमाडौं, असोज ५ । नेप्से आज मंगलबार भने बढेको छ । आज नेप्से १३ दशमलव ८३ अंकले बढेर २७ सय १२ दशमलव सात अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि आज दुई दशमलव ३६ अंकले बढेर पाँच सय आठ दशमलव ६२ अंकमा सिमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय २३ वटा कम्पनीहरुको ९५ हजार छ सय ४६ पटकको कारोवारमा एक करोड ५३ लाख छ हजार ६१ कित्ता शेयर किनबेच भएको छ भने शेयर कारोवार रकम सात अर्ब ३६ करोड ४५७ लाख ९८ हजार छ सय ५२ रुपैयाँ पुगेको छ ।
आज नेप्सेमा १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, अन्य, लघुवित्त, र लगानी सहितका नौ वटा समुहरुको सुचक बढेकाछन् भने ट्रेडिङ, फाईनान्स, उत्पादमुलक र सामुहिक लगानी कोष सहितका चार वटा समुहरुको सुचक घटेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, माउन्टेन हाईड्रो नेपाल लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, युनिभर्सल पावर कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने एभरेष्ट इन्स्योरन्स कम्पनीको संस्थापक शेयर मुल्य, एनआईसी एशिया ग्रोथ फण्ड, एक्सेल डेभलपमेन्ट बैंक, सर्पोट माईक्रो फाईनान्स वित्तीय संस्था आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी नेपाल लिमिटेड, नबिल बैंक आदि परेकाछन् ।