Kath Khabar
शेयर बजारमा पुरै हरियाली

काठमाडौं, असोज ६ । शेयर बजार अर्थात नेप्सेमा आज बुधबार पुरै हरियाली छाएको छ । नेप्से आज एक सय चार दशमलव ८८ अंकले बढेर दुई हजार आठ सय १६ दशमलव ९५ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ४७ अंकले बढेर पाँच सय २८ दशमलव १० अंकमा सिमित हुन पुगेको छ ।

आज नेप्सेमा दुई सय १७ वटा कम्पनीहरुको ७२ हजार सात सय १४ पटकको कारोवारमा एक करोड २१ लाख २२ हजार दुई सय ९८ कित्ता शेयर खरिद विक्री भएको छ । सोही आधारमा आज कुल शेयर कारोवार रकम छ अर्ब १७ करोड ९३ लाख एक सय ५८ रुपैयाँ पुगेको छ ।

आज नेप्सेमा १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका सबै समुहरुको सुचक बढ्दा नेप्सेमा पुरै हरियाली छाएको छ ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज बेष्ट फाईनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक आदिको शेयर मुल्य बढेकाछन् भने मञ्जुश्री फाईनान्सको ऋणपत्र नबिल इक्विटी फण्ड आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी कम्पनी आदि परेकाछन् ।

 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update