
काठमाडौं, असोज ७ । नेप्सेमा सुधार आएको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से दुुई दशमलव सात अंकले बढेर २८ सय १९ दशमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव ९३ अंकले बढेर पाँच सय ३० दशमलव दुई अंकमा चढेको छ । आज नेप्सेमा दुई सय २८ वटा कम्पनीहरुको ८७ हजार आठ सय १० पटकको कारोवारमा एक करोड ५७ लाख १४ हजार दुई सय ६६ कित्ता शेयर किनबेच भएकाछन् भने शेयर कारोवार रकम सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक र फाईनान्स समुहको सुचक बढेकाछन् भने बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहको सुचक घटेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, नेपाल बंगलादेश बैंक, प्राईम लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने माउन्टेन हाईड्रो पावर कम्पनी लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था, सर्पोट लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी आदि परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने सानिमा बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, प्राइम कर्मसियल बैंक आदि परेकाछन् ।