Kath Khabar
शेयर बजारमा भिषण पहिरो

काठमाडौं, असोज १० । नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो दिन आईतबार नेप्से ६१ दशमलव २७ अंकले घटेर २७ सय ५८ दशमलव ४८ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि १० दशमलव सात अंकले घटेर पाँच सय १९ दशमलव ३६ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय ३३ वटा कम्पनीहरुको ७३ हजार छ सय ९३ पटकको कारोवारमा एक करोड ४४ लाख ९४ हजार दुई सय ६० कित्ता शेयर किनबेच भएकाछन् । सोही किनबेचका आधारमा आज कुल शेयर कारोवार रकम छ अर्ब ५० करोड एक लाख १७ हजर सात सय ८० रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेर वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा समितका १२ वटा समुहको सुचक घटेकाछन् ।

कारोवार भएका कम्पनीहरु मध्ये आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलबिद्युत कम्पनी, कामना सेवा विकास बैंक आदिको शेयर मुल्य बढेकाछन् भने घलेम्दी हाईड्रो पावर कम्पनी, अरुण कावेली जलबिद्युुत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी, कामना सेवा विकास बैंक, नेपाल बैंक लिमिटेड, मेगा बैंक आदि परेकाछन् ।

 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update