
काठमाडौं, असोज ११ । नेप्से आज सोमबार पनि उच्च अंकले घटेको छ । आज नेप्से ७३ दशमलव पाँच अंकले घटेर २६ सय ८५ दशमलव ४१ अंकमा सिमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले घटेर पाँच सय छ दशमलव ३३ अंकमा सिमित हुन पुगेको छ । आज दुई सय २७ वटा कम्पनीहरुको ६७ हजार पाँच सय ८७ पटकको कारोवारमा एक करोड चार लाख ७८ हजार ६८ कित्ता शेयर किनबेच भएकाछन् भने कुल शेयर कारोवार रकम पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहको सुचक घट्दा नेप्से पुरै रातो भएको छ ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज बढी कमाउने कम्पनीहरुको सुचीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलबिद्युत कम्पनी आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुडविल फाईनान्स, कालिका पावर लिमिटेड, पाँचथर पावर कम्पनी, गुह्येश्वरी मर्चेन्ट फाईनान्स आदि परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।