
काठमाडौं, असोज १२ । नेप्से घटेको छ । आज मंगलबार नेप्से एकै दिन ७० दशमलव एक अंकले घटेर २६ सय १५ दशमलव ४० अंकमा पुग्दा सेन्सिटिभ पनि ११ दशमलव ४२ अंकले घटेर चार सय ९४ दशमलव ९१ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय १८ वटा कम्पनीहरुको ७५ हजार तीन सय ७४ वटा कारोवारमा एक करोड ३० लाख ३४ हजार आठ सय २८ पटक शेयर कारोवार भएको छ । जसबाट आज कुल शेयर कारोवार रकम पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार एक सय ७९ रुपैयाँ पुग्न सफल भएको छ ।
आज नेप्सेमा १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्योरेन्स लिमिटेड आदिको शेयर मुल्य बढेकाछन् भने नेपाल हाईड्रो डेभलपर कम्पनी, गोर्खाज फाईनान्स, हिमालयन ऊर्जा विकास कम्पनी आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी रकम कारोवारका आधारमा भने आज कुमारी बैंक, नेशनल हाईड्रो पावर कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।