Kath Khabar
शेयर बजारमा देखियो हरियाली, ५० अंकले बढ्दा पाँच अर्ब दुई करोडको शेयर किनबेच


काठमाडौं, असोज १३ । नेप्से आज बढेको छ । नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक बढेपनि नेप्सेमा पुरै हरियाली छाएको छ । आज नेप्से ५० दशमलव ५८ अंकले बढेर २६ सय ६५ दशमलव ९३ अंकमा चढेकोमा सेन्सिटिभ पनि आठ दशमलव अंकले बढेर पाँच सय तीन दशमलव ४६ अंकमा चढेको छ ।

कुल दुई सय २९ वटा कम्पनीहरुको ६३ हजार नौ सय १६ पटकको कारोबारमा ९८ लाख ९४ हजार चार सय ७८ कित्ता शेयर किनबेच भएकाछन् । सोही आधारमा यसदिन कुुल शेयर कारोवार रकम पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।  कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज ग्रिन डेभलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुुवित्त वित्तीय संस्था, गुराँस लघुुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेकाछन् भने मेगा बैंक, एक्सेल डेभलपमेन्ट बैंक, घलेम्दी हाईड्रो पावर डेभलपमेन्ट कम्पनी आदिको शेयर मुल्य घटेकाछन् ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड, नेपाल बैंक लिमिटेड, युनाईटेड मोदी हाईड्रो पावर लिमिटेड आदि परेकाछन् ।  

 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update