Kath Khabar
रोकिएन नेप्सेको ओरालो यात्रा, ३२ अंकले घट्दा तीन अर्ब ७० करोडको मात्र शेयर कारोवार


काठमाडौं, असोज १४ । नेप्सेको ओरालो यात्राले साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ । आज नेप्से ३२ दशमलव ५१ अंकले घटेर २६ सय ३३ दशमलव ४२ अंकमा सिमित हुुँदा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४१ अंकले घटेर चार सय ९७ दशमलव पाँच अंकमा सिमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय २५ वटा कम्पनीहरको ४९ हजार आठ सय ३५ पटकको कारोवारमा ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच भएकोमा कुल कारोवार रकम तीन अर्ब ७० करोड २९ हजार पाँच सय सात रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुविकास र लगानी सहितका १० वटा समुहहरुको सुचक घटेकाछन् भने ट्रेडिङ, अन्य र सामुहिक लगानी कोष सहितका तीन वटा समुहको सुचक बढेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज मनकामना स्मार्ट लघुविकास विकासीय संस्था, नेपाल फाईनान्स, साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड आदिको शेयर मुल्य बढेकाछन् भने गुडविल फाईनान्स, युनिभर्सल पावर कम्पनी, सर्पोट माईक्रो फाईनान्स लघुविकास विकासीय संस्था, साानिमा लार्ज क्याप फण्ड, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक लिमिटेड, अपी पावर लिमिटेड, नेपाल फाईनान्स आदि परेकाछन् ।  

 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update