
काठमाडौं, असोज १७ । शेयर बजारमा पहिरो गएको छ । नेप्से आज ५५ दशमलव ९३ अंकले घटेर २५ सय ७७ दशमलव ४९ अंकमा सिमित हुन पुुगेको छ भने नेप्से सेन्सिटिभ पनि ११ दशमलव सात अंकले घटेर चार सय ८५ दशमलव ९८ अंकमा पुगेको छ ।
आज नेप्सेमा दुई सय ३२ वटा कम्पनीहरुको ५२ हजार तीन सय ९१ पटकको कारोवार भएकोमा ८९ लाख ४८ हजार नौ सय ३७ कित्ता शेयर किनबेच भएको छ भने कुल शेयर कारोवार रकम चार अर्ब ११ करोड ३८ लाख १४ हजार दुई सय ४६ रुपैयाँमा सिमित भएको छ ।
आज नेप्सेमा १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका सबै समुहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोवार भएका कम्पनीहरु मध्ये आज बढी कमाउने कम्पनीहरुको सुचीमा मैलुुङ खोला जलबिद्युत कम्पनी, एनआईसी एशिया समृद्धि फण्ड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स, माउन्टेन हाईड्रो नेपाल लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर नेपाल लिमिटेड आदि परेकाछन् ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, अपी पावर लिमिटेड, रिडी हाईड्रो पावर लिमिटेड आदि परेकाछन् ।