
काठमाडौं, असोज १८ । दशैं नजिकिएसंगै नेप्से सुचक तथा कारोवार रकम दुबै घट्न थालेकाछन् । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से छ दशमलव ६८ अंकले घटेर २५ सय ७० दशमलव ८१ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २८ अंकले घटेर चार सय ८४ दशमलव ९८ अंकमा सिमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरुको ४८ हजार दुई सय ३६ पटकको शेयर किनबेच भएको छ । जसअनुसार ७५ लाख ५३ हजार दुई सय २० कित्ता शेयर किनबेच भएको छ भने कुल शेयर कारोवार रकम तीन अर्ब ६२ करोड ७७ लाख ९९ हजार नौ सय ३५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहरुको कारोवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी सहितका नौ वटा समुहहरुको सुचक घटेकाछन् भने लघुवित्त, जीवन बीमा, होटल तथा पर्यटन र अन्य सहितका चार वटा समुहरुको सुचक बढेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज आशा लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलबिद्युत आयोजना, समिट माईक्रोफाईनान्स लघुवित्त संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, रु.रु जलबिद्युत कम्पनी, घलेम्दी हाईड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज युनाईटेड मोदी हाईड्रो पावर कम्पनी, रैराङ हाईड्रो पावर कम्पनी, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।