Kath Khabar
नेप्सेमा देखियो हरियाली, ४१ अंकले बढ्दा कारोवार रकम भने दुई अर्ब ९९ करोडमा सिमित

काठमाडौं, असोज १९ । लगातार घट्दै आएको नेप्सेमा साताको तेस्रो कारोवार दिन आज मंगलबार भने हरियाली देखिएको छ । नेप्से आज ४१ दशमलव ८४ अंकले बढेर २६ सय १२ दशमलव ६५ अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव चार अंकले बढेर चार सय ९२ दशमलव दुई अंकमा पुगेर रोकिएको छ । सोही आधारमा नेप्सेमा आज दुई सय २३ वटा कम्पनीह्रुको ४१ हजार ५१ पटकको कारोवारमा ५८ लाख ४२ हजार एक सय ३५ कित्ता शेयर किनबेच भएको छ भने कुल शेयर कारोवार रकम दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार छ सय ८३ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएको छ । ति मध्ये ट्रेडिङ समुहको सुचक सामान्य अंकले घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा समुहरुको सुचक उच्च अंकले बढेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज बढी कमाउने कम्पनीहरुको सुचीमा मल्टीर्पोस फिनान्स, छ्याङदी हाईड्रो पावर कम्पनी, मैलुङ खोला जलबिद्युत कम्पनी, जनउत्थान सामुुदायिक लघुवित्त वित्तीय संस्था आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदि परेकाछन् ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, मेरो माईक्रो फाईनान्स, प्राईम कर्मसियल बैंकको संस्थापक शेयर आदि परेकाछन् ।  

 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update