Kath Khabar
शेयर बजारमा देखियो हरियाली, ६८ अंकले बढ्दा चार अर्ब ५० करोडको शेयर कारोवार


काठमाडौं, असोज २० । शेयर बजारमा पुरै हरियाली देखिएको छ । साताको चौथो कारोवार दिन आज बुधबार शेयर बजार परिसुचक नेप्से ६८ दशमलव ४७ अंकले बढेर २६ सय ८१ दशमलव १० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ७२ अंकले बढेर पाँच सय चार दशमलव ७३ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय २७ वटा कम्पनीहरुको ५५ हजार तीन सय ८५ पटकको कारोवारमा ८१ लाख ८९ हजार आठ सय ९० कित्ता शेयर किनबेच भएकाछन् भने कारोवार रकम चार अर्ब ५० करोड छ लाख ५८ हजार एक सय ४२ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज बढी कमाउने कम्पनीहरुको सुचीमा भने किसान लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुुवित्त वित्तीय संस्था, ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रु.रु जलबिद्युत कम्पनी, रिडी हाईड्रो पावर कम्पनी, बोर्टलस नेपाल तराई लिमिटेड आदि परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया लघुवित्त वित्तीय संस्था सिटिजन्स बैंक इन्टरनेशनल, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था आदि परेकाछन् ।  

 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update