Kath Khabar
१८ दशमलव ५३ अंकले घट्यो शेयर बजार, तीन वटा समुहले कमाउँदा १० वटा समुहले गुमाए

काठमाडौं, असोज २४ । शेयर बजार परिसुचक (नेप्से) घटेको छ । नेप्से आज १८ दशमलव ५३ अंकले घटेर २६ सय ६२ दशमलव ५८ अंकमा सिमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९६ अंकले घटेर चार सय ९९ दशमलव ७८ अंकमा सिमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय २० वटा कम्पनीहरुको ५४ हजार एक सय २३ पटकको कारोवारमा ७२ लाख ५१ हजार सात सय ४४ कित्ता शेयर किनबेच हुँदा कारोवार रकम चार अर्ब ४९ करोड ८० लाख ४३ हजार पाँच सय ८१ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहरुको कारोवार भएकोमा फाईनान्स, जीवन बीमा र सामुुहिक लगानी कोष सहितका तीन वटा समुहको सुचक बढेकाछन् भने वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी सहितका १० वटा समुहहरुको सुचक घटेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज सर्पोट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संंस्था, पोखरा फाईनान्स आदिको शेयर मुल्य बढेकाछन् भने शिवम सिमेन्ट, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, रैराङ हाईड्रो पावर कम्पनी नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने महिला लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था आदि परेकाछन् ।

 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update