Kath Khabar
नेप्सेमा पुन: गिरावट, २३ अंकले घट्दा तीन अर्ब ६३ करोडको शेयर कारोवार

काठमाडौं, असोज २५ । नेप्सेमा पुन: गिरावट आएको छ । अघिल्लो दिन १८ दशमलव ५३ अंकले घटेको नेप्से आज सोमबार पुन: २३ दशमलव १९ अंकले घटेर २६ सय ३९ दशमलव ३७ अंकमा सिमित हुुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५६ अंकले घटेर चार सय ९४ दशमलव २२ अंकमा सिमित हुन पुगेको छ । आज दुई सय १९ वटा कम्पनीहरुको ४४ हजार चार सय ६२ पटकको कारोवारमा ९३ लाख १४ हजार सात सय ८० कित्ता शेयर किनबेच हुँदा कुल कारोवार रकम तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुँदा सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक बढेकाछन् भने वाणिज्य बैंक, जलबिद्युत, विकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लघुवित्त सहितका ११ वटा समुहरुको सुचक घटेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आव ग्लोवल आईएमई समुन्नत योजना १, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सानिमा लाईफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने महालक्ष्मी विकास बैंक, रैराङ हाईड्रो पावर कम्पनी, छ्याङदी हाईड्रो पावर कम्पनी, घलेम्दी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेकाछन् । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज हिमालयन डिष्ट्रिलरी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, नबिल बैंक आदि परेकाछन् ।

 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update