
काठमाडौं, असोज ३१ । दशैंको लामो बिदा सकिएसँगै आज आईतबारदेखि शेयर बजार खुल्ला भएको छ । शेयर कारोवार खुल्ला भएको आज पहिलो दिन नै नेप्से १७ दशमलव ५९ अंकले बढेर २६ सय ५६ दशमलव ९६ अंकमा पुुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव १७ अंकले बढेर चार सय ९७ दशमलव ३९ अंकमा पुुग्न सफल भएको छ ।
नेप्सेमा आज दुुई सय १८ वटा कम्पनीहरुको २१ हजार तीन सय २८ पटक शेयर किनबेच भएकाछन् । जसअनुसार ४७ लाख ६० हजार दुुई सय ९५ कित्ता शेयर किनबेच भएकोमा कुुल शेयर कारोवार रकम एक अर्ब ४९ करोड ७३ लाख ७५ हजार तीन सय ७१ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । जसमध्ये सामुुहिक लगानी कोष समुहको सुचक झिनो अंकले घटेपनि बाँकी समुहरुको सुचक उच्च अंकले बढेकाछन् । ति मध्ये निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, उत्पादनमुलक र अन्य समुहरुको सुचक उच्च अंकले बढेकाछन् भने वाणिज्य बैंक, ट्रेडिङ, फाईनान्स लगायतका समुहरुको सुचक सामान्य अंकले बढेकाछन् ।
कारोवार भएका कम्पनीहरु मध्ये आज चन्द्रागिरी हिल्स लिमिटेड, घलेम्दी हाईड्रो पावर कम्पनी, पाँचथर पावर कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने सिटिजन्स म्युचुअल फण्ड २, मैलुङ खोला जलबिद्युुत कम्पनी, अरुण कावेली जलबिद्युुत कम्पनी आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्रा.लि, सानिमा बैंक आदि परेकाछन् ।