Kath Khabar
२६ सय अंकबाट ओर्लियो शेयर बजार, ट्रेडिङ बाहेक सबै समुहले गुमाए


काठमाडौं, कात्तिक १ । नेप्से २६ सय अंकबाट तल झरेको छ । अघिल्लो दिन १७ अंकले बढेको नेप्से आज सोमबार ६९ दशमलव ५१ अंकले घटेर २५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि १२ दशसलव ४३ अंकले घटेर चार सय ८४ दशमलव ९३ अंकमा झरेको छ ।

आज नेप्सेमा दुई सय १८ वटा कम्पनीहरुको ४० हजार चार सय एक पटकको कारोवारमा ८७ लाख ७६ हजार तीन सय ३७ कित्ता शेयर किनबेच भएकाछन् । उक्त परिमाणमा शेयर किनबेच भएकोमा कुल कारोवार रकम दुई अर्ब ९६ करोड ६६ लाख ९९ हजार सात सय ९१ रुपैयाँ पुगेको छ ।

नेप्से आज १३ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सुचक सामान्य अंकले बढेर वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युत सहितका १२ वटा समुहको सुचक उच्च अंकले घटेकाछन् । कारोवार भएका कुल कम्पनीहरु मध्ये आज एनआईसी एशिया डेभलपमेन्ट फसण्ड २०८३, साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड, तारागाउँ रेजिन्सी होटल लिमिटेड आदिको शेयर मुल्य बढेकाछन् भने घलेम्दी हाईड्रो पावर कम्पनी, कालिका पावर लिमिटेड, सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी आदि परेकाछन् ।

यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी लिमिटेड, नबिल बैंक, सानिमा बैंक आदि परेकाछन् ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update