
काठमाडौं, कात्तिक २ । नेप्से उच्च अंकले घटेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से ७७ दशमलव ३३ अंकले घटेर २५ सय १० दशमलव ७३ अंकमा सिमित हुुँदा सेन्सिटिभ पनि १३ दशमलव २८ अंकले घटेर चार सय ७१ दशमलव ९१ अंकमा सिमित हुुन पुुगेको छ । आज नेप्सेमा दुई सय २१ वटा कम्पनीहरुके ५४ हजार चार सय ५२ पटक शेयर किनबेच भएकाछन् । जसबाट ९५ लाख ७५ हजार छ सय एक कित्ता शेयर किनबेच भएकोमा कुुल शेयर कारोवार रकम तीन अर्ब ७८ करोड ३४ लाख २२ हजार नौ सय ९५ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुुवित्त सहितका १३ वटै समुहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज महुुली लघुवित्त वित्तीय संस्था, मानुुषी लघुुवित्त वित्तीय संस्था, प्रभुु इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने नेपाल हाईड्रो डेभलपमेन्ट लिमिटेड, रैराङ हाईड्रो पावर डेभलपमेन्ट लिमिटेड आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल क्रेडिट एण्ड कर्मश बैंकको संस्थापक शेयर, नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेकाछन् ।