
काठमाडौं, कात्तिक ३ । नेप्सेमा राष्ट्र बैंकको निर्देशनको प्रभाव देखिएको छ । राष्ट्र बैंकले मंगलबार निक्षेपको उच्च व्याजदरलाई १० प्रतिशतबाट नबढाउन दिएको निर्देशन कार्यान्वयनमा ल्याएसंगै आज बुधबार यसको प्रभाव नेप्सेमा देखिएको हो ।
सोही आधारमा अघिल्लो दिन तीन दिन लगातार उच्च अंकले घटेको नेप्से आज बुधबार ६० दशमलव ५६ अंकले बढेर २५ सय ७१ दशमलव ६६ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि १२ दशमलव नौ अंकले बढेर चार सय ८४ दशमलव पाँच अंकमा पुग्न सफल भएको छ । दुई सय १७ वटा कम्पनीहरुकहो आज ३४ हजार छ सय ४४ पटकको कारोवार भएकाछन् । जसमा ६१ लाख एक हजार चार सय १४ कित्ता शेयर किनबेच हुँदा कुुल शेयर कारोवार रकम दुई अर्ब ६७ करोड ९० लाख २८ हजार एक सय ५५ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुुवित्त सहितका १३ वटै समुहरुको सुचक उच्च अंकले बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज मैलुङ खोला जलबिद्युत कम्पनी, नेशनल हाईड्रो पावर डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर लिमिटेड आदिको शेयर मुल्य बढेकाछन् भने साधना लघुुवित्त वित्तीय संस्था, कालिका लघुुवित्त वित्तीय संस्था, मेरो माईक्रो फाईनान्स लघुुवित्त संस्था आदिको शेयर मुल्य घटेकाछन् । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक, सिईडिबी हाईड्रो पावर डेभलपमेन्ट कम्पनी, सिद्दार्थ बैंक आदि परेकाछन् ।