
काठमाडौं, कात्तिक ४ । सामलिङ पावर लिमिटेडको सात करोड ३० लाख रुपैयाँको साधारण शेयर (आईपिओ) को बिक्री खुल्ला भएको छ । कम्पनीका अनुसार बिक्री प्रर्वन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत आज बिहिबारबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी कम्पनीले सात लाख ३० हजार कित्ता साधारण शेयरको बिक्री खुल्ला गरिएको हो ।
कुल शेयर मध्येमा दुई प्रतिसत अर्थात १४ हजार छ सय कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात ३६ हजार पाँच सय कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी छ लाख ७८ हजार नौ सय कित्ता सर्वसाधारणको लागि छुट्याईएको कम्पनीले जानकारी दिएको छ । लगानीकर्ताहरुले न्युनतम १० देखि अधिकतम २० हजार कित्तासम्मको शेयर खरिदको लागि आवेदन दिन सक्नेछन ।
साधारण शेयर बिक्री कार्य भने छिटोमा यही कात्तिक आठ गते र ढिलोमा आगामी कात्तिक १८ गते बन्द हुने कम्पनीले जनाएको छ ।